2024-04-16

Close

पार्टी निर्णय उल्लंघन गर्दै धरानमा समाजवादीका युवाहरु संविधान दिवसको विरोधमा

alt

२०७६ असोज ३ अमरेन्द्र चौधरी

धरान: नेपालको संविधान २०७२ अपुरो भएको भन्दै जलाउने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि नेकपा नेतृत्वको वर्तमान सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री छन् ।

अपुरो भएको त्यही संविधान वमोजिमको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी भएर समाजवादी पार्टी सरकारमा सामेल छ । त्यसैले आज संविधान दिवसलाई विरोध गर्ने कि मनाउने भन्ने बारे यो पार्टीले ठोस निर्णय लिन सकेन । समाजवादी पार्टीले आज संविधान दिवसलाई सरकारले भनेजस्तरी दिपावली पनि नगर्ने र विरोध गर्दै सडकमा पनि ननिस्कने निर्णय गर्दै तल्लो कमिटिसम्म निर्देशन दिएको थियो । तर, आज दिउँसो धरानमा आयोजित विरोध र्यालीमा भने पार्टीको यो निर्णय विपरीत समाजवादीको झण्डा फहरियो ।

असोज ३ गतेलाई पहिचानवादी क्षेत्रीय राजनीतिक दलहरुले कालो दिनकोरुपमा हरेक बर्ष मनाउदै आएका छन् । धरानमा लिम्बूवान, खम्बुवानलगायत पहिचान पक्षधर भनिएका पार्टीहरुले शुक्रबार पनि कालो झण्डासहित विरोध र्याली निकालेको थियो । उक्त र्यालीमा संघीय सरकारको हिस्सेदार समाजवादी पार्टीको पनि झण्डा फहरियो । ठुलो आकारको झण्डासहित युवाहरु संविधान दिवस कालो दिन हो भन्दै नारा लगाउदै हिडेका थिए ।

sambidhan4

पार्टी नीति र निर्णय विपरीत समाजवादीको झण्डा संविधान दिवसमा किन फहरायो ? कपुरीन्यूजले सोधखोज गर्ने क्रममा समाजवादीका युवाहरुले पार्टी निर्णय र नीतिलाई उल्लंघन गरेको पाइयो । समाजवादीका धरान उपमहानगर कमिटि अध्यक्ष ताजुब लिम्बूसँग सम्पर्क गर्दा शुरुमा त उनले अनभिज्ञता प्रकट गरे । ‘म अहिले विराटनगरमा छुँ, पार्टीले विरोधमा सडकमा उत्रने निर्णय गरेको छैन, त्यसो नहुनुपर्ने हो,’उनले भने ।

 

केही समयपछि अध्यक्ष लिम्बूसँग सम्पर्क गर्दा पार्टीको निर्देशन र निर्णय विना नै युवाहरु झण्डासहित विरोध जनाएको गएको स्वीकार गरे । यो बिषयमा उनले युवाहरुसँग छलफल गरिरहेको बताए । ‘युवा साथीहरु भावनामा बहकिएर पार्टी निर्णय र निर्देशन विना गएछन्, त्यसबिषयमा छलफल गर्दैछांै,’अध्यक्ष लिम्बूूले भने,‘साथीहरुको बुझाई कम भएर यस्तो भएको हो ।’

 

उनले पार्टी सरकारमा भएपनि संविधानलाई अझै स्वीकार नगरिएको दाबी गरे । त्यसैले सरकारमा भएर पनि पार्टीले सरकारको फरमान विपरीत संविधान दिवस नमनाउने निर्णय गरेको लिम्बूको जिकिर थियो । ‘हाम्रो विरोधको शैली नै यही हो, सरकारले त सबैलाई संविधान दिवस मनाउनु भन्यो, तर सरकारमै भएर पनि हामीले नमनाउने निर्णय गर्यौं । स्वागत गरेनौं, दिपावली गरेनौं, यो विरोध नै हो, तर युवा साथीहरुको बुझाई कम भयो,’उनले भने ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds