2024-04-26

Close

धनुषा । सत्तारुढ नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । १८ वटा स्थानीय तहमध्ये ९ वटामा सर्वसम्मत र ९ वटा पालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

आइतवारदेखि सुरु भएको अधिवेशन जारी नै छ । ९ वटा पालिकामा सोमबार नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने ९ वटा पालिकामा मंगलबार र बुधवार निर्वाचन सम्पन्न भएको हो । धनुषाधाम नगरपालिकामा चन्द्रीप यादव र हंसपुर नगरपालिकामा राजनारायण कापर सर्वसम्मत ढंगले चयन भएका छन् भने सबैला नगरपालिकामा खटु यादव, मिथिला बिहारी नगरपालिकामा राजेन्द्र यादव र गणेशमान चारनाथ नगरपालिकामा रामसुभ यादव सभापतिमा विजयी भएका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ को औरही गाउँपालिकामा जुगल सिंह सर्वसम्मत ढंगले निर्वाचित भएका छन् भने विदेह नगरपालिकामा गणेश साह, कमला नगरपालिकामा शंकर यादव, शहीदनगर नगरपालिकामा श्रीलाल यादव र जनकनन्दनी गाउँपालिकामा दिलीपकुमार यादवको नेतृत्व निर्वाचित भएको पूर्व सांसद दिनेश प्रसैलाले जानकारी दिए ।

त्यसैगरी क्षेत्र ३ अन्तर्गत पर्ने जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह, नगराईन नगरपालिकामा विनय यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव र धनौजी गाउँपालिकामा रामनारायण यादव सर्वसम्मतरुपमा सभापतिमा चयन भएका छन् ।

क्षेत्र नम्बर ४ का लक्ष्मीनिया गाउँपालिकामा भोगेन्द्र मिश्र र क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव सर्वसम्मत रुपमा सभापतिमा चयन भएका छन् । यता, मिथिला नगरपालिकाको सभापतिमा जोगी महतो र बटेश्वर गाउँपालिकाको सभापतिमा राजेन्द्र यादव निर्वाचित भएको नेपाली काँग्रेस धनुषाले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds