2025-07-10

Close

कलैया । बारामा गढिमाई मेला शुरू भएको छ। अहिले लागिरहेको मेला पाँच बर्षमा लाग्ने मेला हो  । पाँच बर्षमा लाग्ने मेला भएको कारणले पनि यो मेलामा नेपाल र भारतबाट लाखौंको संख्यामा दर्शनार्थीहरूको  आवतजावत हुने गर्दछ । बिशेष गरेर यो मेला एक महिना सम्म चल्ने गर्दछ । मेलामा नेपाली भन्दा पनि भारतीय दर्शनार्थीहरू लाखौंको सख्यामा सवारीसाधन लिएर आउने गर्दछन् ।

यसरी गढीमाईको दर्शन गर्न आउने भारतीय दर्शनार्थीहरू चढेको सवारीसाधनबाट  प्रहरीले बारामा खुलेयाम रकम असुली गरिरहेको भेटिएको छ । भारतीय दर्शनार्थीहरू बिशेष गरेर कर्चवा , मटिर्अवा र  कवही नाकाबाट प्रवेश गरिरहेका छन् । ठूलो संख्यामा आउने दर्शनार्थीहरूले प्रयोग गर्ने  सवारीसाधनबाट यी नाकामा खटिएका प्रहरीले खुलेयाम रकम असुली गरिरहेका छन् । भारतीय नम्बर प्लेटका गाडी प्रवेश गरेवापत प्रहरीले खुलेयाम रकम असुली गरिरहेको हो । प्रहरीले रेट नै राखेर रकम असुली गरेको सवारी चालकहरूले बताएका छन् । चार चक्के र ट्याक्टर प्रवेश गरेवापत भारू दुई सय र अन्य गाडीको हकमा पाँच सय भारू प्रहरीले लिने गरेको गाडीका ड्राइभरहरू बताउँछन् ।

अहिले यी नाकाहरूबाट दैनिक सयौंको संख्यामा नभएर हजारौंको संख्यामा भारतीय नम्बर प्लेटका सवारीसाधनहरू प्रवेश गरिरहेका छन् । यसरी प्रहरीले दैनिक भारतीय नम्बर प्लेटका गाडीहरूबाट मात्रै लाखौं रूपैयाँ उठाई रहेको ड्राइभरहरू बताउँछन् । उता बारा प्रहरीले भने गुनासो आएको स्वीकार्दै त्यस्तो हुन नदिने बताए पनि खुलेयाम असुली कार्य भैरहेको छ । यो अनलाईनको  सम्बादाता बिहीबार १० बजेको समयमा यी नाकामा जांदा पनि प्रहरीले खुलेयाम रकम असुली गरिरहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर