2024-04-25

Close

अजय मिश्र, कपिलवस्तु । कृष्णनगर नगरपालिकाकाे आफ्नै भवन निर्माण सम्पन्न भएपछि आज उद्घाटन गरिएकाे छ । कपिलवस्तु प्रतिनिधि सभा ३ का सांसद अभिषेक प्रताप शाहले चार बर्ष पहिला कृष्णनगर नगरपालिकाकाे भवन शिलान्यास गरेका थियाे । आफैले शिलान्यास गरेकाे चार तल्ले नवनिर्मित प्रशासनिक भवनकाे उद्घाटन गर्न पाउँदा खुशी भएको भन्दै नगरप्रमुख रजत प्रताप शाहलाई धन्यवाद दिदै प्रमुख अतिथिसमेत रहेका सांसद शाहले रिवन काटेर भवनको उद्घाटन गरेका थिए ।

कार्यक्रममा सांसदले शाहले आफ्नाे पार्टी नेपाली कांग्रेसकाे सरकारमा गएपछि २८ कराेड रकम कृष्णनगर देखि हरिहरपुरसम्मकाे बाटाे स्तराेन्तिका लागि विनियाेजित गराएकाे जानकारी दिदै संसदीय क्षेत्र र कृष्णनगरका लागि विभिन्न बिकासका याेजनाहरु स्वीकृत गराएकाे बताए ।

त्यस्तै नगर प्रमुख शाहले चार पुस्तादेखि राजनिति गर्दै आएकाे शाह परिवारले सत्तामा रहदा होस वा नरहदा आफु सधैं जनताकाे सेवाका लागि तत्पर भई कार्य गर्दै आएकाे बताए ।

बि.स २०७३ सालमा तत्कालीन कृष्णनगर लगायत वरपरका गाबिसहरु समावेश भई दाेस्राे पटक नगरपालिका घाेषित गरिएकाे थियाे । स्थानीय तहकाे संरचनाका आधारमा ठुलाे भवनकाे आवश्यकता ओैंल्याउदै नगरपालिकाले केसी कन्ट्रक्सन चन्द्राैटासंग समझाैता गरेपछि निर्माण अघि बढेकाे थिए ।

कृष्णनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत हाल शिवराज नगरपालिकामा कार्यरत गणेश प्रसाद अर्यालले स्थानीय तह निर्वाचन २०७४ पछि भवन निर्माण समझाैतालाई निरन्तरता दिएकाले नगरपालिका आज आफ्नाे भवन पाएकाेमा नेतृत्व पंक्तिलाई बधाई दिए ।

राेजगार संयाेजक इश्वरि पाैडेलले संचालन गरेका समुद्घाटन कार्यक्रममा जसपा केन्द्रीय सदस्य रामबरन यादव, रामसेवक यादव, उधाेग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता, लायन्स क्लबका दिनेशचन्द्र गुप्ता, अजय उपाध्याय लगायत नगरपालिका कार्यपालिका सदस्य, वडाध्यक्ष, कर्मचारी र सर्वसाधारणकाे उपस्थिति रहेको थियाे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds