2024-12-04

Close

वीरगन्ज ,७ भदौ

पर्साको कालिकामाई गाँउपालिका कार्यालयमा करारका कर्मचारीहरू म्याद थपने सहमति पछि पालिका कार्यालयमा भएको खोलिएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा जनप्रतिनिधिहरू बिच भएको आन्तरिक सहमति पछि तालाबन्दी खोलिएको हो । अगामी भदौ १९ गते पालिकाको गाउँसभा गर्ने र गाँउसभाबाटै निर्णय गरेर कर्मचारीहरुको म्याद थप्ने सहमति पश्चात तालाबन्दी खोलिएको वडा नम्बर ३ का अध्यक्ष संजय पटेलले बताउनु भयो ।

पालिका अध्यक्षले मनोमानी तरिकाले केही कर्मचारी हटाएपछि कर्मचारीहरू बिगत १४ दिन देखि ९ जना स्वास्थ्य सेवाका कर्मचारीहरु गाँउपालिका कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिदै आएका थिए ।

९ वर्ष अगाडि तत्कालीन स्वास्थ्य निर्देशनालयले न्युक्त गरेको ६ जना र पालिकाले आफ्नो आवश्यकता अनुसार न्युक्त गरेको २ जना कर्मचारीलाई हटाएर पालिका अध्यक्षले सो ठाउमा आफ्नो कार्यकता भर्ना गर्न खोजेपछि आन्दोलन सुरू भएको थियो ।

तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय बाट करिब ९ वर्ष अगाडि स्वास्थ्य चौकीको कार्यालयमा नियुक्त भएर काम गर्दै आएका कर्मचारीहरूलाई पालिका स्थापना भएपछि निरन्तरता दिईएको थियो । उनिहरू संघिय सरकारको अनुदान रकमबाट तलब पाउदै आएका छन । तर पालिका अध्यक्षले पालिकालाई भार परेको भन्दै उनिहरूको म्याद थपेका थिएनन् ।

आयोगबाट दरबन्दी कायम भएर नआए सम्म उनिहरूलाई निरन्तरता दिने पालिकाको तत्कालीन बोर्ड निर्णय गरि उनिहरूले निरन्तरता पाएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको कार्यकक्षमा भएको वार्तामा पालिका अध्यक्ष बशिष्ठ कुमार,उपाध्यक्ष राजमती देबी,वडा १ का अध्यक्ष लालबाबु चौरसिया, २ का अध्यक्ष सोनालाल चौरसिया,३ का संजय पटेल ,४ का संजय साह र ५ का अध्यक्ष जयनरायण पटेल सहभागी रहेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर