2025-05-03

Close

जनकपुरधाम । मुकुम्लुङ क्षेत्रमा चलिरहेको ‘नो केवलकार आन्दोलन’ को समर्थन गर्दै राष्ट्रिय मुक्ति पार्टी मधेस प्रदेशले जनकपुरधामको जनकचौकमा कोणसभा आयोजना गरेको छ ।

कार्यक्रममा पार्टीका नेताहरूले पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गर्दै स्थानीय समुदायका मागलाई बेवास्ता गर्न नहुने बताएका छन् ।

कोणसभामा राष्ट्रिय मुक्ति पार्टीका नेता राजीव झाले पाथीभरा माताले केवलकार निर्माणको अनुमति नदिएको दाबी गर्दै अघिल्ला प्रयासहरू असफल भएको स्मरण गराए ।

उनले पहिले प्रयास गर्नेहरूमध्ये केही हेलिकप्टर दुर्घटनामा परेको घटनालाई उदाहरणस्वरूप प्रस्तुत गर्दै पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्नु उचित नहुने तर्क गरे ।

उनले २०७५ सालअघि संरक्षित क्षेत्र रहेको पाथीभरा पहाडलाई केपी ओली नेतृत्वको सरकारले विकास क्षेत्र बनाएको र आफ्ना कार्यकर्ताहरूलाई सस्तो मूल्यमा जग्गा किन्न लगाएर महँगो मूल्यमा केवलकार कम्पनीलाई बिक्री गरिएको आरोप लगाए ।

कोणसभामा राष्ट्रिय मुक्ति पार्टीका नेता संजय चौधरी, राजिब झा, दीपक यादव, विद्यार्थी नेता तनबिर रेजा लगायतका वक्ताहरूले मुकुम्लुङ आन्दोलनको समर्थनमा आवाज उठाएका थिए ।

कोणसभामा ५०–६० जना अगुवा कार्यकर्ता उपस्थित थिए । कार्यक्रममा नेता संजय सिंह, दीपक झा, विनोद ठाकुर, कृष्ण कुमार साह, भरत साह, मो. समीर, अरबाज दरजी तथा स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सुमन झाको समेत सहभागिता थियो ।

वक्ताहरूले आगामी दिनमा यस मुद्दालाई राष्ट्रिय बहसमा लैजाने, स्थानीयवासीका मागलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र आवश्यकता परे कठोर आन्दोलन गर्ने चेतावनी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर