2025-03-27

Close

जनकपुरधाम । जनकपुरधाम स्थित यातायात व्यवस्था कार्यालयको आफनै नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ । जनकपुरधामको वडा नं. ८ स्थित ज्ञानकुप संस्कृत विद्यालयको पुर्वपट्टी कार्यालयको नयाँ भवन निर्माण कार्यको शिलान्यास÷भुमि पूजनको काम सम्पन्न भएको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंह, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, कार्यालयका प्रमुख धनंजय कुमार सिंह सहितकाले हिन्दु विधि अनुसार भुमि पूजन गरेका छन् । सो अवसरमा मुख्यमन्त्री सिंहले यातायात जस्तो दैनिक अति व्यस्त सेवा प्रदाय कार्यालयको अहिले सम्म आफनै भवन नभएको अवस्थामा यो सुखद सन्दर्भ रहेको बताए ।

उनले अव यातायात कार्यालयमा रहेको गलत गतिविधी बन्द गरि आफनै भवनमा जनतालाई सेवा प्रवाह गर्ने कार्यमा लाग्न कार्यालयलाई आग्रह गरेका छन् । आफनो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने बताउदै उनले तत्काल एसईईलाई मर्यादित बनाउन केन्द्रित हुन लागेको बताए ।

विभागित मन्त्री रायले यातायात क्षेत्रमा रहेको बिचौलिया गतिविधी र दुरुपयोग रोक्न अटोमेटिक ट्रयाल सेन्टर सहितको कार्यालय भवन बन्न लागेको बताए । उनले यस पछि जनता सहज र वास्तिवक सेवा लिन सक्ने बताए । साउन महिना देखि सो कार्य प्रारम्भ हुने उनले खुलाए ।

कार्यालयको व्यवस्थापन र नयाँ भवनका लागि सिता कुण्डका महन्त राम नरेश दासले एक विघ्घा जग्गा दान गरेका छन् । जस्मा आधुनिक ट्रयाल सेन्टर पनि रहने छ । सो अवसरमा जउनपा ८ का वडा अध्यक्ष दिनेश सिंह, कार्यालय प्रमुख सिंह सहितकाले आ आफनो धारणा राखेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर