2025-04-29

Close

राजविराज । प्रधानाध्यापकको खेतमा काम गर्न नमान्दा एक कार्यालय सहयोगीले डेढ वर्षयता हाजिर गर्न पाएका छैनन् । तलब-भत्ता रोकिएको छ ।

सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित जनता आधारभूत विद्यालय बेल्हीमा कार्यरत कार्यालय सहयोगी राधेश्याम पासवानलाई प्रअले ‘कारबाही’ गरेका हुन् । पासवानले कार्यालय सहयोगीका रूपमा २३ वर्षअघि अस्थायी नियुक्ति पाएका थिए । पछिल्लो पटक सरुवा भएर आएका प्रअ बालेश्वर यादवको खेतमा काम गर्न नगएपछि हाजिर गर्नै रोक लगाइदिएको पासवानको भनाइ छ ।

‘उहाँकी पत्नीसँग गएर खेतमा ५० किलो मल छर्न प्रधानाध्यापकले भन्नुभयो तर मैले मानिनँ,’ पासवानले भने, ‘त्यसको दोस्रो दिनबाट हाजिर गर्नै दिनुभएन, पछि हाजिर गराइदिन गाउँपालिका पुगेर गुहार मागेँ तर त्यहाँ काज सरुवा भएको पत्र थमाइदिए ।’

२०८० मंसिर २६ गतेको पत्रअनुसार पासवानलाई सोही वडास्थित सलहेश दलित राष्ट्रिय आधारभूत विद्यालय बेल्हीमा काज सरुवा गरिएको छ । तर, त्यहाँ पहिलेदेखि नै कार्यालय सहयोगी रहेकाले उनलाई हाजिर गर्न दिइएन । ‘डेढ वर्षयता गाउँपालिका धाइरहेको छु, कतै हाजिर हुन नदिँदा अलपत्र परेको छु,’ उनले भने ।

२०५९ वैशाख ५ गतेमा अस्थायी नियुक्ती पाएका पासवानले डेढ वर्षदेखि तलब-भत्ता पनि पाएका छैनन् । पछिल्लो पटक २०८० भदौमा २० हजार ५ सय ३६ रुपैयाँ तलब पाएको उनले बताए । ‘सुरुको तीन वर्षसम्म विद्यालयमा काम गर्दा तलब पाइनँ, पछि लामो समयसम्म एक सय रुपैयाँ मात्रै तलब पाउँदा पनि काम गरिरहेँ तर अहिले जागिर नै अलपत्र पर्दा दुःख लाग्छ,’ उनले भने, ‘जागिर अलपत्र हुँदा परिवार चलाउन समस्या भइररहेको छ । दलित गरिबको पीडामा कसैले ध्यान दिएनन् ।’ कान्तिपुर

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर