2025-05-19

Close

कमलेश ठाकुर

जनकपुरधाम । नेकपा एमाले धनुषा जिल्ला कमिटीको ८ औं अधिवेशनमा सामुदायिक विद्यालयका शिक्षक पदाधिकारीको उम्मेदवार बनेको पाइएको छ । एमाले केन्द्रीय सचिव रघुबिर महासेठको प्यानलबाट जिल्ला कमिटीको सचिव पदमा सरकारी शिक्षक रहेका दिपनारायण ठाकुरले उम्मेदवारी दिएका छन् ।

ठाकुर मिथिला बिहारी नगरपालिका–५ स्थित निम्न माध्यमिक विद्यालय ललियामा कार्यरत शिक्षक हुन् । राहत शिक्षकको रुपमा उनी २०६६ असार २५ गतेदेखि कार्यरत रहेको जिल्ला शिक्षा समन्वय इकाई धनुषाले जनाएको छ । उनको उम्मेदवारीको विषयमा निर्वाचन समितिमा उजुरीसमेत परेको थियो ।

तर, निर्वाचन समितिले उनको उम्मेदवारीलाई सदर गर्दै उम्मेदवारको नामावली प्रकाशन गरेको छ । सोही कारण विवाद हुँदा आधा दर्जन नेता घाइते भएर निर्वाचनसमेत स्थगित भएको थियो ।

स्थगित भएको निर्वाचन यही जेठ ७ गते (बुधबार) हुने तय भएको छ । विवाद देखिएको विषयमा एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले निर्वाचन समितिले नै अन्योलको वातावरण सिर्जना गरेको बताए । तर, केन्द्रीय कमिटीले कानुन अनुसार निर्णय गरी पठाउने उनको विश्वास छ । ‘धेरै विषयमा साथीहरुको चित्त बुझेको छैन् । दुई पटक उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको थियो,’ उनले भने, ‘एउटा लिष्टमा निर्विरोध निर्वाचित भइसकेको सिटमा अर्को लिष्ट आउँदा त्यसमा पनि उम्मेदवारी परेको छ ।’

बिहान ४ बजे उम्मेदवारको अन्तिम नामावली घोषणा भएर कतिपय अयोग्य उम्मेदवारविरुद्ध दाबी विरोध समेत गर्ने समय नदिइएको उनले सुनाए । एमाले केन्द्रीय सदस्य तथा मध्य पूर्वी इन्चार्ज उमाशंकर अरगरियाले पार्टीको उच्च कमिटीमा विवाद देखिएको एक–एक बुँदामा छलफल भइ समाधान भएको बताए । तर, दाबी विरोधको सन्दर्भमा निर्वाचन समितिमाथि नै छोडदिएको उनको भनाइ छ । सरकारी शिक्षकको उम्मेदवारी विधान र निर्वाचन आचार संहिता विपरीत भएको उनको कथन छ ।

‘सरकारी शिक्षक छ भने यता उम्मेदवारी दिएपछि स्वत: जागिर जान्छ,’ उनले भने, ‘अन्य निर्वाचन भएको भए पहिले राजीनामा स्वीकृत हुनु पर्दथ्यो । तर, यसमा नभए पनि नैतिक रुपले वा शिक्षा कार्यालयले नै शिक्षक पदबाट पदमुक्त गर्छ होला ।’

ठाकुरले राहत शिक्षक रहेको स्वीकार गरे । तर, विधान अनुसार मूल पार्टीको चुनावमा उम्मेदवार बनेको उनको जिकिर छ । ‘पार्टी निर्वाचन शिक्षा ऐन र नामावली अनुसार त हुँदैन, पार्टीको विधान अनुसार हुन्छ,’ उनले भने, ‘पार्टीको सदस्य हुन पाउने व्यक्ति पदाधिकारी किन हुन पाउदैन?’ उनले यसअघि पनि जिल्ला कमिटी सदस्य रहेको बताए ।

जिल्ला शिक्षा समन्वय इकाई धनुषाका प्रमुख चेतकुमार पोखरेलले कानुनले नै शिक्षकलाई पार्टीमैत्री बनाएको बताए । सबै दलमा उस्तै समस्या रहेको उनको दाबी छ । शिक्षकले मूल पार्टीमा चुनाव लड्न वा पदाधिकारी हुन पाउने/नपाउने सन्दर्भमा कानुन र ऐनमा स्पष्ट व्यवस्था नरहेको कारण जटिलता देखिएको उनले बताए ।

‘अहिलेको ऐनमा स्पष्ट गरेको छैन,’ उनले भने, ‘अब संशोधन भएर आउन लागेको ऐनमा त्यो कुरा राखिएको छ ।’ एमाले धनुषाको अधिवेशनमा दुई समुहले उम्मेदवारी दर्ता गराएका छन् । महासेठ समूह र अरगरिया समुहले सबै पदमा आफ्नो–आफ्नो उम्मेदवार उठाएका छन् । ६ सय ५० प्रतिनिधिले एक सय ३५ सदस्य जिल्ला कमिटी छनोटका लागि मतदान गर्ने छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर