2024-04-18

Close

सिरहा – किसानलाई पक्राउ गरेको विरोधमा पूर्व-पश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन्।

सिरहाको औरही गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको हो। किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेको थियो। विरोधमा जनमत पार्टीले आइतबार आमहड्ताल घोषणा गरेको हो।

बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गोलबजार र मिर्चैयामा आधा दर्जनभन्दा बढी सवारी साधन तोडफोड गरेको जनमत पार्टीका नेता दिपेन्द्र यादवले जानकारी दिए। सवारी साधनमाथि तोडफोड हुन थालेपछि प्रहरीले पनि बल गरेको छ। त्यसबीच दोहोरो झडपसमेत भएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds