2024-05-02

Close

श्याम गुप्ता
बारा, ८ चैत
बाराको सिमरामा चैत्र ९ गते भोली देखि फुटबलको महाकुम्भ हुँन लागेको छ । मोफसल कै प्रतिष्ठित फुटवल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करणको सम्पूर्ण तयारी भएको छ ।
उद्घाटन समारोहलाई लक्षित गर्दै आयोजक नव जनजागृति युवा क्लबले रंगशालामा मञ्च व्यवस्थापन, प्यारापीट रंगरोगनको काम गरेको छ । रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले तयारी अन्तिम चरणमा पुगेको समेत जनाएको हो ।
आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाए । लामाका अनुसार प्रतियोगितामा ए डिभिजनका पाँच सहिँत १० टिमले सहभागिता जनाउँने निश्चित भएको छ ।
साविक विजेता न्युरोड कर्नर टिम (एनआरटी), उपविजेता नेपाल एपीएफ क्लब, चर्च ब्वाईज, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, मोफसलका बिरगंज युनाइडेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, केबीए ग्लोबल चितवन र आयोजक नवजनजागृतीले प्रतियोगितामा सहभागिता जनाउँने छन् । चैत्र १८ गते सम्म सञ्चालन हुँने प्रतियोगिताको उद्घाटन खेल आयोजक र चितवन बिच हुँने भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र जगदम्बा स्टील्स् प्रालि मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्ने छन् । विधागत पुरस्कार तर्फ सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ताले जनही २० हजार प्राप्त गर्ने छन्, भने उदयीमान खेलाडीले नगद १५ हजार पाउँने छन् ।
प्रतियोगिताको सम्पूर्ण खेल फ्लड लाईटमा हँुने छन् । पछिल्लो दुई वर्ष देखि सिमरा रंगशालामा रात्री समयमा खेल भईरहेको छ । गर्मी मौसम र दर्शकलाई लक्षित गर्दै आयोजकले फ्लड लाईटमा खेल सञ्चालन गर्न थालेको हो ।
रात्रीको समयमा खेल हुँदा दर्शकको बाक्लो उपस्थिती हुँदै आएको छ । आयोजकले प्रतियोगिता सञ्चालन गर्न अनुमानित एक करोड ६ लाख रुपैयाँ खर्च हुँने जनाएको छ । प्रतियोगितालाई जीतपुरसिमरा उपमहानगरपालिका, जगदम्बा स्टील्स् सहिँत स्थानीय कलकारखाना, उद्योगी व्यवसायी र स्थानीयले सहयोग गरेका छन् ।
जीतपुरसिमराको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्नका लागि प्रतियोगिताको महत्वपूर्ण भूमिका रहँने भन्दै स्थानीय समेत उत्साहित भएका छन् । मोफसल कै प्रतिष्ठित प्रतियोगिताको रुपमा परिचय स्थापित गरेको जीतपुरसिमरा गोल्डकपको खेल हेर्न बारा जिल्ला सहिँत बिरगंज, निजगढ, चन्द्रनिगाहपुर, हेटौंडा लगायतको शहरबाट दर्शक सिमरा आउँने गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds