2021-05-09

Close

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य किरण साह केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

उनलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले मंगलवार बालुवाटारमै आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । साह रौतहट क्षेत्र नम्बर २ बाट २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवार थिए । उनी कांग्रेसका अफताब आलमको निकटतम प्रतिस्पर्धी बनेका थिए ।

साहसँगै धनुषाका कांग्रेस नेता बलराम ठाकुर पनि नेकपा प्रवेश गरेको युवा संघका नेता सन्जिकुमार झाले बताए । ठाकुर वृहत्तर जनकपुर विकास समितिका कार्यकारी निर्देशक हुन् ।

कांग्रेस उपसभापति विमलेन्द्र निधी निकट ठाकुरलाई निधीलेनै सो पदमा नियुक्त गरेका थिए । यसअघि जसपाका नेता डा. शिवजी यादव पनि ओली नेतृत्वको नेकपामा प्रवेश गरेका थिए ।

– नेपाल प्रेस

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2021 अपन जनकपुर