2025-05-19

Close

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ३ महुवास्थित विद्युतिय पोल ढलेको ४ दिन वितिसक्दा पनि नयाँ पोल जडान नहुँदा विद्युत अवरुद्ध भएको छ ।

पर्खे महुवाका स्थानीयहरुको घरमा विद्युत अवरुद्ध भएपछि उनीहरु अन्धकारमा बस्न बाध्य भएका छन् । गत साता आएको हावाहुरीमा विद्युतिय पोल ढलेपछि तुरुन्तै नेपाल विद्युत प्राधिकरण यदुकूहालाई जानकारी गराएपनि अहिलेसम्म चासो नलिएको गुनासो स्थानीय व्यवसायी गणेश गुप्ताले गुनासो पोखे ।

घर पसलकै अगाडी विद्युतिय पोल ढलेपछि सुरक्षा खतरा समेत बढेको जनाउँदै केही घर परिवार अन्धकारमा बस्न बाध्य भएको सुनाए । पोलबाट जडान गरिएको तार समेत चुँडिएपछि अगाडी जाने लाईन अवरुद्ध भएको हो ।

यदुकूहा वितरण केन्द्रलाई निरन्तर पोल जडानको लागि आग्रह गर्दा पनि लापरवाही देखााएको आरोप गुप्ताले लगाए । उनका अनुसार, यदुकूहाका विद्युत कर्मचारीले कुनै मतलब नलिएको हो । विद्युतिय पोल ढल्दा कुनै मानवीय क्षति भने भएको छैनन् । तर, बर्षाको मौसममा तारमा करेन्ट प्रवाह भईरहेकोले मानवीय क्षतिको खतरा बढेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर