2025-05-31

Close

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले प्रदेशको सबै ८ जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै शून्य सहनीलताको नीति अपनाएर काम गर्न निर्देशन दिएका छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामको हालै कमाण्ड सम्हालेका डीआईजी चर्तुवेदीले प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालयहरूको निरीक्षण सम्पन्न गरेका हुन् ।

गत वैशाख २४ मा कमाण्ड सम्हालेका डीआईजी चर्तुवेदीले वैशाख २८ देखि जेठ ४ गतेसम्म धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा समेत जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका थिए ।

निरीक्षणको क्रममा डिआईजी चतुर्वेदीले अपराध नियन्त्रण, चोरी तस्करी, सिमा अपराध, फरार अभियुक्तको पक्राउ, सवारी दुर्घटना न्यूनिकरण, आत्महत्या रोकथाम र पुराना मुद्दा फर्स्यौटमा जोड दिन आदेश दिएका थिए ।

उनले आचारसंहिता पालनासहित व्यवसायिक, अनुशासित र जनउत्तरदायी बन्न सम्पूर्ण प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

डीआईजी चर्तुवेदीले सप्तरीस्थित प्रहरी अस्पताल, रौतहट गरुडा स्थित प्रहरी बिद्यालय, तालिम केन्द्र सहित कैयौं प्रहरी कार्यालयको समेत निरीक्षण गरेका थिए ।

उनले न्युज कारखानासँग कुरा गर्दै मधेश प्रदेशको आफ्नो कार्यकालमा आपराधिक क्रियाकलाप, तस्करी, लागुऔषध कारोवार, नियन्त्रणसँगै शून्य सहनशिलताको नीति अनुसार काम गर्ने लक्ष्य रहेको बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर