जनकपुरधाम । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल, धनुषाले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ ।
यूवा संघले आज शनिवार विदाको दिन जनकपुरधामबाट ११ सरकारी नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको हो । जसमा दुई चारपाङ्ग्रे र ९ मोटरसाइकल छन् ।
विदाको दिन सरकारी गाडी गुडाउन प्रमुख जिल्ला अधिकारीसं अनुमति लिनुपर्छ । तर अनुमति बेगर सरकारी गाडी चलाउने प्रवृत्ति बढेपछि यूवा संघका यूवाहरुले त्यसलाई रोक्न सडकमा उत्रेका छन् ।
यूवा संघका मधेश प्रदेश अध्यक्ष लव अधिकारीले दुरुपयोग गर्ने क्रममा नियन्त्रणमा लिएको ११ सरकारी गाडी आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीलाई बुझाएको जानकारी दिए ।