2025-06-14

Close

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका–४ खजुरीस्थित ऐतिहासिक काली मन्दिर परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उल्लेख्य उपस्थिति रहेको थियो ।

ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी इन्स्पेक्टर बबिन्द्र नेम्वाङको कमाण्डमा ७ जना प्रहरी सहभागी थिए । यस्तै, सशस्त्र प्रहरी बल खजुरी बीओपीका इन्स्पेक्टर मनोज खनालको कमाण्डमा ७ जना सशस्त्र प्रहरी परिचालित थिए ।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष दिलिप यादव, स्थानीय जनप्रतिनिधि, समाजसेवीहरु सहभागिता रहेको थियो । सहभागीहरूले मन्दिर परिसर तथा आसपासको क्षेत्रमा विभिन्न जातका बिरुवा रोपेर वातावरण संरक्षणको सन्देश दिएका थिए ।

कार्यक्रमको उद्देश्य वातावरणीय सन्तुलन कायम गर्नुका साथै समुदाय र सुरक्षा निकायबीचको आपसी समन्वय तथा विश्वास अभिवृद्धि गर्नु रहेको आयोजकहरूले जनाएका छन् ।

प्रहरी इन्स्पेक्टर नेम्वाङले समाज रूपान्तरणका लागि सिर्जनशील र सकारात्मक गतिविधिको आवश्यकता औंल्याउँदै भने, वृक्षारोपण हाम्रो तर्फबाट सकारात्मक परिवर्तनको सानो तर सशक्त प्रयास हो ।

स्थानीयहरूले प्रहरी र सशस्त्र प्रहरी बलद्वारा गरिएको वातावरणमैत्री प्रयासको प्रशंसा गरेका छन् । कार्यक्रमले जनस्तरमा वातावरणप्रतिको चेतना फैलाउने विश्वास गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर