महोत्तरी । होटेलमा यौनधन्दा सँचालन गरेको आरोपमा सँचालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी जिल्लाको सम्सी बजारस्थित सँचालनमा रहेको होटेल सँगममा प्रहरीले छापामारी गरेपछि वेश्यावृतिमा सँलग्न आरोपमा ४ महिला पक्राउ परेकी हुन् । होटेल सँगमका सँचालक समुदायिक विद्यालयका शिक्षक समेत रहेका सँजीव झालाई समेत प्रहरीले पक्राउ गरेको हो ।
महोत्तरीको मावि बसपिट्टीमा कार्यरत रहेका शिक्षक सँजीव झाले सँचालन गर्दै आएका सो होटेलमा विगतदेखि नै यौनधन्दा सँचालन भईरहेको व्यापक गुनासोपछि प्रहरीले सोमबार छापामारी गरेको हो । सो क्रममा केही महिलाहरु समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।
सम्सी प्रहरी चौकिका ईन्चार्ज प्रहरी नायब निरिक्षक लेखनाथ खनालको कमाण्डमा छापा हान्न गएको टोलीले होटेलबाट बेस्याबृतीमा संलग्न एक बालीका, दुई युवती सहित दुई जना युवासँगै संचालक झालाई पक्राउ गरेको हो ।
बिगत देखि नै संचालक झाले संचालन गर्दै आएको होटेल संगमबाट बेश्याबृती हुँदै आएको सूचनाको आधारमा छापा हानेर पक्राउ गरि ल्याईएको जनाएको छ । पक्राउ गरि ल्याईएका बेश्याबृतीमा संलग्नहरूलाई आवश्यक कार्यबाहिको लागि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रमुख प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिएका छन् ।
केही बर्ष अगाडि प्रहरीले सदरमुकाम जलेश्वरको नगरपालिका चौकमा संचालित होटेलहरूमा बेश्याबृती गर्दै आएको सूचनाको आधारमा दर्जनौ भारतीय यूवतीहरूलाई पक्राउ गरि सार्वजनिक गर्दै भारतीय सुरक्षा निकायको जिम्मा लगाएका थिए ।
होटेल संगमबाट पक्राउ गरिएको युवती समेत भारतीय रहेको खुलेको हो ।