2024-04-26

Close

अप्पन समाचार । जनकपुरधाम – प्रदेश २ को प्रदेशसभा बैठक फेरि स्थगित भएको छ। सोमबार अपरान्ह एक बजेको लागि बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित भएको हो।

गत वर्ष उपभोक्ता समितिमार्फत भएका विकास निर्माण कार्यहरुको भुक्तानीबारे प्रदेश सरकारले ठोस निर्णय लिन नसकेपछि पटक-पटक प्रदेशसभा बैठक अवरुद्ध हुँदै आइरहेको छ। सोमबार पनि बैठक नै नबसी सूचना टाँस गरेर अर्को सूचना नआएसम्म बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि २४ पुसमा बोलाइएको बैठकपनि स्थगित भएको थियो।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत बाँडिएका ८४२ योजना मध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। सरकारले बक्याौता रकम भुक्तानी नगरेको भन्दै केहीदिनअघि उपभोक्ताहरुले प्रदेशसभा घेराउ गरेर प्रदर्शनसमेत गरेका थिए।

उपभोक्ताहरुको बक्यौता रकम भुक्तानीबारे मुख्यमन्त्रीको तर्फबाट सरकारको स्पष्ट धारणा आउनुपर्ने माग गरेपछि सभामुख सरोज यादवले जबाफ दिन सरकारलाई रुलिङसमेत गरेका थिए। तर, हालसम्म सरकारले यस विषयमा केही बोल्न नसकेपछि प्रदेशसभा सरकारी अनिर्णयको बन्दी बनेको छ।

पूर्वाधार कार्यालयमा उपभोक्ताको तालाबन्दी

गत आर्थिक वर्षमा सम्पन्न योजनाहरुको भुक्तानी नभएको भन्दै उपभोक्ताहरुले पूर्वाधार कार्यालय जनकपुरमा तालाबन्दी गरेका छन्। प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित भएपछि बक्यौता रकम भुक्तानीको माग गर्दै उपभोक्ताहरुले पूर्वाधार कार्यालयमा तालाबन्दी गरेका हुन्। उपभोक्ताहरुले तालाबन्दी गरेपछि कार्यालयको कामकाज प्रभावित भएको छ।

सम्झौताअनुसार निर्माण कार्य भइसकेपनि सरकारले रकम भुक्तानी नगरेपछि बाध्य भएर पूर्वाधार कार्यालयमा तालाबन्दी गरेको एक उपभोक्ता समितिकी पदाधिकारी पुनम झाले बताइन्। त्यतिबेला आफूहरुले उधारो मागेर सम्झौताअनुसार कार्य गरेपनि भुक्तानी नहुँदा समस्यामा परेको उनले बताइन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds