अप्पन जनकपुर
जनकपुरधाम । मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि आज बजेट प्रस्तुत गर्दै छ ।
बजेट प्रस्तुतको लागि आज अपराह्न ४ बजे मधेश प्रदेश सभाको बैठक बोलाईएको छ । आगामी आर्थिक वर्षको लागिएको मधेस सरकारले ४६ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको स्रोतले जनाएको छ ।
गत वर्षभन्दा २ अर्बभन्दा बढी बजेट ल्याउन लागेको स्रोतको दाबी छ । मधेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी रहेको छ ।
गत वर्ष सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ मा ४३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको थियो । मधेश सरकारले यस वर्ष पनि सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार निर्माणको लागि ल्याउन लागेको हो ।
गत जेठ २३ गते मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार नै बजेट विनियोजन गरी ल्याउन लागेको एक अधिकारीले बताए । मधेश सरकारले यसपटक सांसदलाई अघोषित रूपमा पाँच करोडसम्मको बजेट दिन तैयारी गरेको छ ।