2025-06-21

Close

जनकपुरधाम । मधेशको राजनीतिमा मास्टर साहेव नामले परिचित रहनु भएका मधेश प्रदेशका सभामुख राम चन्द्र मण्डल अहिले मधेश प्रदेशमा रहेका विश्वविद्यालय तथा कलेजहरूमा पढाउने कार्यमा व्यस्त रहनु भएको छ ।

यसै क्रममा मधेश प्रदेशको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका विद्यार्थीहरूलाई सभामुख मण्डलले कक्षा कोठामा नै पुगेर आज पढाउनु भएको हो । उहाँले सो विश्वविद्यालयको विएस्सी एग्रिकल्चरमा अध्ययनरत रहनु भएका विद्यार्थीहरूको कक्षा कोठामा पुगेर पुरै घण्टीसम्म पढाउनु भएको छ । प्राविधिक विषयमा विद्यार्थीहरूलाई बुझ्ने गरि राजनीति तथा संविधानको विषयमा पढाउँदा पनि उहाँका शैलीका कारणले विद्यार्थीहरू मख्ख परेर पढेका थिए ।

सभामुख मण्डलले वर्तमान संविधानमा रहेको शासकीय प्रणालीको व्यवस्था तथा सङ्घीयताको महत्वका विषयमा विद्यार्थीहरूलाई पुरै एक घण्टा पढाउनु भएको छ । विद्यार्थीहरूलाई स्मार्ट बोर्डमा नै लेखेर संविधानमा भएको सङ्घीयता तथा समावेशी सहितको शासन व्यवस्थाका विषयमा पढाउनु भएको छ ।

प्राविधिक विषयको पठन पाठन गरिरहेका विद्यार्थीहरूलाई राजनीति विषयमा सभामुखसँग विभिन्न संवाद गरेर निक्कै चासो लिएर पढ्नुका साथै अहिलेको शासकीय प्रणालीका विषयहरूमा विभिन्न जिज्ञासा राख्दै पुरा घण्टी नै पढेका छन् ।

लामो समयसम्म शिक्षण पेसामा संलग्न रहनु भएका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माओवादीको सशस्त्र सङ्घर्षको समयमा शिक्षण पेशा छाडेर सङ्घर्षमा होमिनु भएका थिए । माओवादी पार्टीमा पनि मास्टर साहेबको उपनामले चर्चित रहनु भएका सभामुख मण्डल शान्ति वार्तापछि संविधान सभा सदस्य बन्नु भएका थिए ।

मुलुकमा २०७२ सालको संविधान जारी भएपछि उहाँलाई नेकपा माओवादी केन्द्रले धनुषाबाट टिकट दिएपछि प्रदेश सभा सदस्यमा पहिलो पटक निर्वाचित हुनु भएका थिए । दोस्रो पटक नेकपा एमालेबाट मधेश प्रदेश सभाको चुनावमा निर्वाचित हुनु भएपछि उहाँ सभामुखको जिम्मेवारीमा आउनु भएको छ ।

सभामुखको कामबाट फुर्सद भएपछि मण्डल कुनै न कुनै कलेज तथा विश्व विद्यालयमा पठन पाठनका लागि पुग्ने गर्नु भएको छ । केही दिन पूर्व अगाडी मात्र जनकपुरधामको चर्चित रहेका एक नीजि कलेजमा पुगेर पढाउनु भएका सभामुख मण्डलले आफ्नो नाउँ अनुसारको काम गर्नका लागि निक्कै उत्साहित हुने गरेको उहाँका प्रेस सल्लाहकार अवधेश कामतले जनकारी दिनु भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर