2024-04-26

Close

 

जनकपुरधाम, साउन ३२ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारद्वारा जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत अनुमन गर्नु भएको छ । आज विहानै मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहित जानकी मन्दिर पुग्नु भएको मुख्यमन्त्री राउतले जारी सौन्दर्यीकरणको कार्य वारे जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र छोटे महन्थ राम रोशन दास संग छलफल गर्नु भएको हो ।
छलफलको क्रममा महन्थ दासले प्रदेश सरकारद्वारा आठ करोडको लगानीमा जारी सौन्दर्यीकरणको कार्य उत्साह जनक रहेको बताउनु भएको छ । सोही क्रममा मुख्यमन्त्री राउतले जानकी मन्दिरको थप सौन्दर्यीकरणको लागि विवाह मण्डपलाई रामायणकालिन प्राचिन शैलीमा पुनःनिर्माण तथा जानकी मन्दिर विवाहमण्डप, अरगज्जा सर , तेलहा मरहा सहितको गुरु योजना निर्माण गरि एकद्वार प्रणाली मार्फत सौन्दर्यीकरणको कार्यलाई अघि बढाउने बताउनु भएको छ । यस आर्थिक वर्षमा पनि १० देखी १५ करोड सम्म जानकी मन्दिरको सौन्दर्यीकरणमा प्रदेश सरकार लगानी गर्ने योजना बनाएको उहाँले बताउनु भयो ।


गुरु योजना निर्माणको लागि आर्टिटेक्ट इन्जिनियर, जानकी मन्दिरको प्रतिनिधि र पुरातत्व विभागको प्रतिनिधि सहितको टोली निर्माण गरिने मुख्यमन्त्री राउतले बताउनु भएको छ ।

थप विकासको लागि मास्टर प्लान बनाइन  !

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds