
जनकपुरधाम । ५ जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटको आज १२ वर्ष पुरा भएको छ ।
आजभन्दा १२ वर्ष अघि वि.स. २०६९ बैशाख १८ गते आजकै दिन जनकपुरको रामानन्दचोकमा भयानक बम काण्ड भएको थियो ।




तत्कालिन मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्ति पूर्ण धर्ना बसेको बेला विहान करिब ११ बजे सुनियोजित ढँगले गराइएको बम विष्फोटमा परी पाँच जनाको ज्यान गएको थियो भने दर्जनौ घाईते भएका थिए ।

बम विस्फोटमा मिनापकी दिग्गज कलाकार रंजु झा सहित झगरु मण्डल, बिमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो ।
बम विष्फोट घटनाका मुख्य योजनाकार मानिएका पूर्व साँसद संजय कुमार साह सहितले जन्मकैदको सजायमा कारागारमा जीवन विताइरहेका छन् भने त्यस्तै घटनामा संलग्न आरोपमा मुकेश चौधरी, राजन मुक्ति लगायत आधा दर्जन अभियुक्तहरु समेत दोषी करार दिइएको छ ।
सोही घटनामा केही व्यक्तिहरुलाई उन्मुक्ति समेत दिइएको हो । उनीहरुको मुद्दा नै अदालतसम्म पुग्न नदिई छानबिनमै लाखौँ रुपैयाँ खर्च गरी उन्मुक्ति पाएका हुन् ।
                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          