2025-06-24

Close

विपिन यादव
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको १० औं नगर सभा विधिवत रूपमा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रदेश सांसद लखन दासले गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि सांसद दासले कृषि उपजलाई आधुनिककरण गरि कृषकको उतपादकलाई स्थानिय सरकारले खरिद गरि आम जनसमुदायलाई सहज रूपमा उपभोग बस्तु उपलब्ध गराउने व्यवस्था अनुप खरिद केन्द्रको व्यवस्था मिलाउनु पर्ने साथै विपन्न तथा दलित समुदायको बालबालिका स्कुल भर्ना गर्ने बाट बन्चित भएकोले स्कुल भर्नाको लागि केही गर्ने बताए ।
कार्यक्रममा नगर प्रमुख बेचन दासले आफ्नो कार्यकालमा सडक, नाला, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा महत्त्वपूर्ण सुधार भएको जानकारी दिए । उनले विदेहनगरको एकीकृत विकास योजनाअन्तर्गत निर्माण कार्यलाई तीव्रता दिइएको बताए ।
नगर प्रमुख दासको अध्यक्षतामा सम्पन्न नगर सभामा उपप्रमुख आशा देवि झा, प्रमुख प्रशासकीय अधिकृत मनोहर यादव, वडाध्यक्षहरु राधेश्याम गोईत (देवेन्द्र), संजय पाण्डे, जयराम मण्डल, राजकिशोर सिंह, शम्भु साह, रामपुकार सहनीलगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन रामएकवाल मण्डलले गरेका थिए ।
अधिवेशनमार्फत आर्थिक वर्ष २०८२/०८३ का लागि ५० करोड ५१ लाख ५ सय २५ रुपैयाँ बराबरको वार्षिक नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर