2024-04-20

Close

जनकपुरधाम : पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’लाई रामानन्द चोक बमका’ण्ड मुद्दामा उच्च अदालतबाट राहत मिलेको छ । उच्च अदालतले आईतवार गरेको फैसलामा साहलाई ज्यानमार्ने मुद्दामा ७ वर्ष कै’द र षड्’यन्त्र रचेको ठहर गरिएको छ ।

षड्’यन्त्र रचेको अभियोगमा कम्तिमा १० वर्षदेखि अधिकतम् १५ वर्ष सजायको प्रावधान छ । कानुन व्यवसायीहरुका अनुसार साहलाई न्युन्तम् भएपनि १० वर्षको सजाय हुनेछ । गत हप्तादेखि उच्च अदालतमा सो
मुद्दाको बहस चलिरहेको थियो । दुबै पक्षका कानुन व्यवसायीहरुको बहस शुक्रवार सकिएको थियो ।

सो मुद्दामा जिल्ला अदालत धनुषाले जन्मकै’दको सजाय सुनाएको थियो । उच्च अदालतबाट साहले राहत पाएपनि सो मुद्दाका अन्य दोषीहरुको हकमा जिल्ला अदालतकै फैसला सदर भएको छ । अन्य दोषीहरुको हकमा जिल्ला अदालतले गरेको फैसलालाई नै उच्च अदालतले सदर गरेको कानुन व्यवसायीहरुले जनाए ।

२०६९ सालको बैशाख १८ गते मिथिला राज्यको मागगर्दै रामानन्द चोकमा धर्ना बसेका प्रदर्शनकारीहरुको बीचमा ब’म विष्फोट गराउदा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।

साहले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधान सभाको दुबै निर्वाचनमा विजयी भएका थिए । पहिलो पटकको चुनावमा उनले मधेशी जनअधिकार फोरमबाट र दोस्रो चुनाव उनले सदभावना पार्टीबाट जितेका थिए । पहिलो पटक उनी विजय गच्छदार मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्री बनेका थिए ।

राजनीतिमा खुट्टा जमाईसकेका साह दोस्रो पटक संविधान सभा सदस्य रहेकै बेला पक्राउ परेका थिए । धनुषाका तत्कालिन प्रहरी प्रमुख एसपी उत्तम सुवेदीले भारतको दिल्लीबाट पक्राउ गरि ल्याएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds