अप्पन जनकपुर
सिरहा । सिरहाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भगवानपुर गाउँपालिका–४ ठाँडी बजारबाट ब्राउन सुगरसहित बुधबार दुई भारतीय पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुबनी जिल्लास्थित ग्राम पञ्चायत झौरा पथराहीका ४० वर्षीय रामनारायण साह र ग्राम पञ्चायत गोइत प्रसाहीका २७ वर्षीय राजन बाबु साह छन् ।
उनीहरूको साथबाट ४० ग्राम ब्राउन सुगर बरामद गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए । प्रहरीले उनीहरू सवार भारतीय नम्बर प्लेटको बीआर ३२ एडी ६९९३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।