2024-05-19

Close

जनकपुरधाम । जनकपुरको नवजीवन हस्पिटलमा घुँडाको शल्यक्रिया गराएका एक विरामीको घुँडाभित्रै कपास (गज) छाडेको खुलेको छ ।

महोत्तरीको भंगहा नगरपालिका ९ का ३० वर्षीय मन्दीप यादव भदौ ५ मा नवजीवन अस्पतालमा बाँया घुँडाको शल्यक्रिया गराएका थिए । शल्यक्रिया पश्चात उनको घुँडाभित्रै चिकित्सकले कपास छाडेको खुलेको हो ।

मोटरसाइकल दुर्घटनामा यादवको घुँडामा चोट लागेको थियो । चोट लागेको ठाउँमा दुख्न थालेपछि उनी जनकपुरकै नारायण इ.एन.टी एण्ड प्लास्टिक सर्जरी सेन्टरमा डा. मुकुन्द झासँग चेकजाँच गराए ।

चेकजाँच गराएपछि यादवलाई डा. झाले शल्यक्रिया गराउनुपर्ने र त्यसका लागि नवजीवन हस्पिटलमा भर्ना हुन सल्लाह दिए । उनी हस्पिटलमा भर्ना भएपछि डा.झाले नै शल्यक्रिया गरे । तर शल्यक्रिया गरेर टाँका लगाउँदा भित्रै कपास छाडे ।

आठ दिन हस्पिटलबाट डिस्चार्ज भएपछि यादव घर पुगे । घरमा शल्यक्रिया गरेको घुँडाबाट पिप आउन थाल्यो । घुँडा रातो भयो । त्यसपछि उनी डा. झासँग सम्पर्क गर्दा नभएपछि प्रादेशिक अस्पतालमा भर्ना भए ।

प्रादेशिक अस्पतालका उनी पुगेपछि शल्यक्रिया गरेको घुँडाभित्रै कपास छाडेको भेटिएको छ । अर्थोपेडिक सर्जन डा. सन्दीप शर्माले पुनः शल्यक्रिया गरेर घुँडाबाट कपास निकालेको विरामी मन्दिपले बताए ।

समयमै पुनः अप्रेशन गरेर घुँडाबाट कपास निकालिएको कारण उनको खुट्टा जोगिएको छ । विरामी मन्दिपले भने,‘शल्यक्रिया गराउन ढिला गरेको भए खुट्टा नै गुमाउनु पर्थ्यो भनेर डाक्टरले भन्नुभएको छ ।’

बिरामी मन्दिपले लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनले डा. झा र अस्पताललाई कारबाही गर्न मेडिकल एशोसिएसन (एनएमसी) मा उजुरी समेत दिएका हुन् ।

उनी भन्छन्, ‘शल्यक्रिया गर्दा ६५ हजार रुपैयाँ तिरेको छु । तर मेरो भविष्यसँग खेलवाड गर्यो । अस्पताल र डा.झामाथि कानून बमोजिम कारबाही हुनुपर्छ ।’ उनले कानून बमोजिम क्षतिपूर्ति पनि दावी गरेको बताए ।

शल्यक्रिया गर्दा भित्रै कपास छाडेका डा. झा भने सम्पर्क विहिन छ । उनको क्लिनिक पनि बन्द छ । उनको मोवाइल अफ छ ।

नवजिवन हस्पिटालका म्यानेजर सन्जीव साहले मन्दिपको घुँडाको शल्यक्रिया आफ्नो हस्पिटलमा भएको तर डिस्चार्ज भएर गएपछि पुनः सम्पर्कमा नआएपछि समस्या भएको/ नभएको थाहा नपाएको बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds