2024-03-28

Close

जनकपुरधाम ,१३ मंसिर ।जनकपुरबाट घुस सहित एकजना प्रहरी निरीक्षक पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार ९० हजार घुस रकम सहित इन्स्पेक्टर राम किशोर साहलाई रंगेहात पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक साहलाई जनकपुर उपमहानगरपालिका–८ को एक होटलबाट अख्तियारले नियन्त्रणमा लिएको हो। ठगी सम्बन्धि मुद्दामा सहयोग गरिदिने भन्दै उनी जनकपुरमा घुस रकम लिन आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले जनाएको छ।

त्यस्तै, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयेजना कार्यान्वायन इकाई धनगढीका इन्जिनियर त्रिलोक जोशी दुई लाख ५० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन्। उनलाई समेत अख्तियार आयोगको कार्यालयबाट खटिएको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको हो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds