2024-03-28

Close

नयाँ दिल्ली, साउन ३१ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कोरोना विरुद्ध ३ वटा खोप निर्माण गरिरहेको बताएका छन् ।
शनिबार ७४ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्लीस्थित लालकिलामा सम्बोधन गर्दै मोदीले छिट्टै चाँडै उपलब्ध हुने बताएका हुन् ।

‘कोरोना महामारीका कारण नागरिक चिन्तित रहेका छ । सबैलाई कोरोनाविरुद्धको खोप कहिले बन्छ भन्ने उत्सुकता छ । म तपाईँहरुलाई जानकारी दिन चाहन्छु कि भारतमा एउटा होइन, तीन–तीन वटा खोप अलग–अलग चरणको परीक्षणमा रहेका छन् । एक पटक स्वीकृति पाएसँगै हामीले यसको व्यापक मात्रामा उत्पादन गर्नेछौं ’ उनले भने ।

मोदीले सीमा जोडिएको देश मात्र नभएर मन मिल्ने देश पनि भारतको छिमेकी भएको बताएका छन् ।

‘चाहे जमीनबाट जोडिएका हुन् या समुन्द्रबाट हाम्रा छिमेकी देशसँग हाम्रो आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ’ उनले भने,‘पश्चिम एसियाली देशसँग हाम्रो सम्बन्ध पछिल्लो समय अझ राम्रो बन्दै गएको छ। ती देशमा हाम्रा नागरिकले काम गरिरहेका छन्। कोरोना प्रकोपका बेला सहयोग गर्ने ती देशप्रति पनि आभार प्रकट गर्न चाहन्छु ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds