2025-06-27

Close

जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा बिपद्आ पतकालिन कार्य सञ्चालन केन्द्र (Emergency Operation Center) औपचारिक रूपमा सञ्चालनमा आएको छ । केन्द्रको उद्घाटन नगरप्रमुख विशेश्वर यादवले एक विशेष समारोहबीच गर्नुभएको छ ।

उक्त उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्र, विपद् व्यवस्थापन तथा योजना शाखा प्रमुख बीरेन्द्र कुमार सढान, कमला युवा सञ्जालका अध्यक्ष विमलेश यादव, साथै विभिन्न वडाका वडाध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख यादवले अब आपतकालीन विपद् व्यवस्थापन कार्यहरू थप प्रभावकारी र समन्वययुक्त हुने विश्वास व्यक्त गर्नुभएको छ । यस केन्द्रमार्फत बाढी, आगलागी, भूकम्प, रोग प्रकोपजस्ता आपतकालीन अवस्थाहरूमा छिटो सूचना आदानप्रदान, उद्धार तथा राहत समन्वयमा सजिलो हुनेछ, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रशासकीय अधिकृत मिश्रले विपद् जोखिम न्यूनीकरण तथा तयारीलाई प्राथमिकतामा राखी केन्द्रको निरन्तर सुदृढीकरण गरिने प्रतिबद्धता जनाउनुभयो । शाखा प्रमुख बीरेन्द्र सढानले विपद् सम्बन्धी डेटा व्यवस्थापन, जनचेतना कार्यक्रम तथा पूर्वतयारी योजनाहरूमा केन्द्रले प्रभावकारी भूमिका खेल्ने बताए ।

विपद् व्यवस्थापन शाखा प्रमुख सढानले युवाहरूलाई विपद् व्यवस्थापनमा सक्रिय बनाउने र तालिममार्फत जनशक्ति तयार पार्न केन्द्रसँग सहकार्य गरिने जानकारी दिए ।

नव सञ्चालनमा आएको बिपद् आपतकालिन कार्य सञ्चालन केन्द्रले कमला नगरपालिकाभित्र देखा पर्न सक्ने विभिन्न प्रकारका प्राकृतिक र मानवनिर्मित विपद्का अवस्था व्यवस्थापन गर्न आवश्यक पूर्वतयारी, तदारुकता तथा प्रतिक्रिया प्रणालीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर