2024-04-16

Close

जनकपुरधाम : जन्तीको रुपमा आएका साधुसन्त र श्रद्धालुलाई जानकी मन्दिरले ३६ व्यञ्जन गराएर बिदाई गरेसँगै साताव्यापी सीता-राम विवाह पञ्चमी विधिवत रुपमा सम्पन्न भएको छ ।

बुधवार राति वैदिक परम्परा अनुसार प्रतिकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको छ । जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई आज ३६ व्यञ्जनको भोजन र दक्षिणासहित विदाई गरिएको छ ।

जानकी मन्दिरका सहायक महन्थ रोषण दास ‘वैष्णव’ले रामकलेवा अन्तर्गत करिब १० हजार साधुसन्त र श्रद्धालुलाई ३६ व्यञ्जनको भोजन गराएको बताए । उनका अनुसार भोजनमा दाल, भात, चार वटा तरकारी, दहि, झोरी, बरि, अचार, मिठाई सहित ३६ व्यञ्जन थियो ।

साधुसन्तलाई कम्बल, दोसल्ला र नगद दक्षिणा समेत दिएको सहायक महन्थ वैष्णवले सुनाए ।

उनले भने, ‘जन्तीलाई विशष भोजन र दान दक्षिणा दिएर विदाई गर्ने चलन छ । आज त्यो चलनलाई निरन्तरता दिएका छौं । कसैलाई ५ सय त कसैलाई २ सय नगद दक्षिणा दिएर साधुसन्तलाई विदाई गर्यौं ।’

भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट हरेक ५ वर्षमा जन्ती आउने परम्परा रहेको छ । सोही अनुसार यसवर्ष औपचारिक रुपमा जन्ती आएको थिएन । यद्दपी लाखौं श्रद्धालु र साधुसन्त विवाह पञ्चमीमा सहभागी भए । राति सीता-राम विवाह सम्पन्न भएलगत्तै श्रद्धालुहरु फर्केपछि आज जनकपुरधाम खाली भएको छ ।

विवाह पंचमी महोत्सव मंसीर १७ गते नै नगर दर्शनसंगै औपचारिक रुपमा सुरु भएको थियो । दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर र छैठौं दिन हिजो स्वयंम्वर तथा विवाह सम्पन्न भएपछि आज रामकलेवासँगै विवाह पंचमी सकिएको छ ।

: जन्तीको रुपमा आएका साधुसन्त र श्रद्धालुलाई जानकी मन्दिरले ३६ व्यञ्जन गराएर बिदाई गरेसँगै साताव्यापी सीता-राम विवाह पञ्चमी विधिवत रुपमा सम्पन्न भएको छ ।

बुधवार राति वैदिक परम्परा अनुसार प्रतिकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको छ । जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई आज ३६ व्यञ्जनको भोजन र दक्षिणासहित विदाई गरिएको छ ।

जानकी मन्दिरका सहायक महन्थ रोषण दास ‘वैष्णव’ले रामकलेवा अन्तर्गत करिब १० हजार साधुसन्त र श्रद्धालुलाई ३६ व्यञ्जनको भोजन गराएको बताए । उनका अनुसार भोजनमा दाल, भात, चार वटा तरकारी, दहि, झोरी, बरि, अचार, मिठाई सहित ३६ व्यञ्जन थियो ।

साधुसन्तलाई कम्बल, दोसल्ला र नगद दक्षिणा समेत दिएको सहायक महन्थ वैष्णवले सुनाए ।

उनले भने, ‘जन्तीलाई विशष भोजन र दान दक्षिणा दिएर विदाई गर्ने चलन छ । आज त्यो चलनलाई निरन्तरता दिएका छौं । कसैलाई ५ सय त कसैलाई २ सय नगद दक्षिणा दिएर साधुसन्तलाई विदाई गर्यौं ।’

भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट हरेक ५ वर्षमा जन्ती आउने परम्परा रहेको छ । सोही अनुसार यसवर्ष औपचारिक रुपमा जन्ती आएको थिएन । यद्दपी लाखौं श्रद्धालु र साधुसन्त विवाह पञ्चमीमा सहभागी भए । राति सीता-राम विवाह सम्पन्न भएलगत्तै श्रद्धालुहरु फर्केपछि आज जनकपुरधाम खाली भएको छ ।

विवाह पंचमी महोत्सव मंसीर १७ गते नै नगर दर्शनसंगै औपचारिक रुपमा सुरु भएको थियो । दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर र छैठौं दिन हिजो स्वयंम्वर तथा विवाह सम्पन्न भएपछि आज रामकलेवासँगै विवाह पंचमी सकिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds