जनकपुरधाम । समाजिक सञ्जाल टिकटक लाइभमार्फत अभद्र गाली गलौज गर्दै अपशब्द प्रयोग गरेको आरोपमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिका–२४ निवासी २० वर्षीया रोशनी खातुनलाई पक्राउ गरेको हो । धनुषा प्रहरीले जनाएको छ कि खातुनले लाइभ मार्फत प्रयोग गरेका शब्दहरूले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा नकारात्मक असर पार्ने देखिएकाले उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।