धनुषाको नगराइन नगरपालिका-२ का वडाध्यक्ष यादव र वडासचिव झा ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका-२ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज साँझ वडाध्यक्ष यादव र वडासचिव झालाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

बिज्ञापन

उनीहरुलाई कारबाहीका लागि बर्दिवास कार्यालय लगिने बताइएको छ ।

सडक निर्माण योजनाको भुक्तानीका लागि उपभोक्ता समितिसँग वडाध्यक्ष र वडासचिवले घुस लिएका थिए । उपभोक्ता समितिले पहिले नै दिएको सूचनाको आधारमा अख्तियारको टोलीले वडाध्यक्ष र वडासचिवलाई पक्राउ गरेको बुझिएको छ ।