2024-04-25

Close

जनकपुरधाम । धनुषा क्षेत्र न.२ मा प्रतिनिधि सभा सदस्य लगायत प्रदेश सभा सदस्य ‘क’ र ‘ख’ मा पुर्व समाजवादी पार्टीबाट नै तिन वटै उम्मेदवार चुनाव लडदाको बेला हामी पुर्व राजपाका साथिहरु गठबन्धनका उमेदवारलाई हामी संग हुने हरेक सहयोग पुर्ण तदारुकताका साथ इमान्दारिता पुर्वक अहो दिनरात खटि चुनाव जिताउन सहायोग तुल्याएका थिए । तर चुनाव जित्ने बितिकै राजपाका साथिहरुलाई सौतेला व्यवहार यहाँहरुबाट हुन थाल्यो तर यो कुरा प्रतिनिधि सभा सदस्य मा.उमाशंकर अरगरियाले सुन्न पाए पछि सांसद अरगरियाले भने कि हाम्रो लागी राजपा र सपाका दुईटै पार्टीका साथिहरुलाई समेटेर नेतृत्व गर्नु पर्छ भनी आवश्यक बुझी अरगरियाले पहलकदमी अगाडि बढाउनथाले पछि प्रदेश सांसदहरु खेमा सिर्जना गर्ने गराउने खेलमा लागेका हुन । हुनत टिकट नै हराउनलाई दिएको थिएन भनी भन्न सकिन्न। किनभन्ने तिन वटै उम्मेदवारमा एउटा पनि समावेशी थिएन । खेमाकै चक्करमा अरगरियालाई पार्टी पक्तिले नजर अन्दाज गरि अस्वस्थ प्रतिस्पर्धाहरु सिर्जना भएका हुन ,नेता मनोज कुमार साहले बताए।

पार्टी पद्धतिले कुनै सुनुवाई नगरे पनि अरगरियाले आफनै व्यक्तिगत प्रयासबाट जनताको कार्य गर्न गराउन सफल देखापरेपछि आन्तरिक प्रतिस्पर्धीहरु खुट्टातान्ने कार्यमा संलग्न भई प्रदेश नं.२ का सरकार पनि मा.अरगारियालाई नजर अन्दाज गरेकै हुन आखिर किन कसको ईशारामा ? आदि इत्यादि सवाल हुदा हुँदै पनि सांसद अरगरिया आफनो क्षेत्रमा राम्रै कार्यहरु गरि लोकप्रियता बटुलेका हुन नेता साहले दावी गरे।

चुनावको वेला जनता संग गरिएका विभिन्न ठाउमा विकास निर्माणका बिभिन वाचाहरु पूरा गर्दै लगभग ६० वटा मठ-मन्दिर,सामुदायिक दलान,बाटोघाटो लगायत अन्य विकास निर्माणका कार्यहरु सम्पन गराईसकेका हुन र उहाले शिक्षा क्षेत्रमा धेरैमात्रामा विद्यार्थीहरुलाई
पुरै नि:शुल्क छात्रवृत्तिमा इन्जिनियर,डाक्टर लगायतका विभिन्न फ्याकल्टिमा मित्ररास्ट्र भारतमा पढन पठाउन समन्वय गर्नु भएको रहेको छ र अहिले सम्म शिक्षा जगतमा कुनै नेताले यतिकार्य गरेको देख्या छैन अनि उहाँ जस्तो नेतालाई पार्टीले मुल्यांकन नगर्नु दुर्भाग्यपूर्ण कुरो भनी नेता साहले बताए।

पहिचान, अधिकार तथा भाषाको बुनियादमा उभेका पार्टी जसपा नेपालमा धेरै नेताहरु छन तर प्रतिनिधि सभामा कसैले आफनो मातृभाषामा बोलेको सुन्या छैन तर सांसद अरगरियाले सदनमै मगही/मैथली भाषा बोली अन्तरास्ट्रिय जगतमा चिनाउने प्रयास समेत गरेका हुन तर मसिहा भनाउदाहरु कहिले सदनमा धोती कुर्ता र आफनो मातृभाषा प्रयोग गरेको देख्या छैन नेता साहले बताए।

अहिले केन्द्रिय राजनितिमा जसपाले मधेशी,थारु,मुस्लिम,जनजती,आदिवासि लागायतक शोषण उत्पीडनमा परेका एवं मधेश आन्दोलनमा लागेका आन्दोलनकारी साथिहरुको मुद्दा फिर्ता,मा.रेशम चौधरी लगायत विधमान पार्टीको एजेन्डाहरु सम्बोधन गराउन तटस्थ पक्षमा उभि पार्टी जोगाउन थालिएका कदम र उहाले भर्खर इन्टर्वुयमा मधेशको हक अधिकार प्रप्तिकोलागी जुनसुकै भुमिका निर्वाह गर्छु भनी ABC TV मार्फत अभिव्यक्ति दिदा झन्न सांसद अरगरिया प्रती क्षेत्रमा विश्वसनीयता बढदै गईरहेका नेता साहले बताएका हुन।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds