2024-04-18

Close

जनकपुरधाम । सीताराम विवाह पञ्चमी महोत्सव अगावै रेल सेवा सञ्चालनको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार लोसपा नेपालले जनकपुरधाम–जयनगर रेल्वे सेवा तत्काल सञ्चालन गर्नुपर्ने मागसहित प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ, ‘जनकपुर रेल्वेले यस धार्मिक आयोजनामा आस्थावान भक्तजन तीर्थालुहरुको यात्रामा अहम् भूमिका निर्वाह गर्दै आएको थियो र आगामी दिनमा समेत महत्वपूर्ण योगदान दिने निश्चित छ ।

तर, यसको सञ्चालन षडयन्त्रको सिकार भएको छ । सबै कुरो तयारी अवस्थामा रहे पनि राज्यको बक्रदृष्टिका कारण सञ्चालन भइरहेको छैन, जसले गर्दा जनकपुर क्षेत्रको समग्र विकाससमेत प्रभावित भइरहेको छ ।’

जनकपुरधाम रेल्वे सञ्चालन भएमा सो क्षेत्र व्यापारिक केन्द्र बन्ने, रोजगारका ठूला अवसरहरू खुल्ने, पर्यटकको विकास हुने, उद्योगधन्दा खुल्न थाल्ने, जनकपुरधाम यातायातको केन्द्र बन्नेजस्ता कुरासमेत निश्चित हुँदाहुँदै पनि यसमा जानाजान अटेर भइरहेको लोसपाको भनाइ छ ।

प्रदेश प्रमुख मिश्रले रेल्वे सेवा सञ्चालनका लागि आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने आश्वासन दिएको लोसपाका नेताहरुको भनाइ छ । मुख्यमन्त्री राउतले रेल सञ्चालनको पक्षमा आफूसमेत रहेको बताएका छन् ।

संघीय सरकारले षडयन्त्रपूर्वक रेल सञ्चालन गर्न नचाहेको भन्दै लोसपा नेपालले विवाह पञ्चमी अघि रेल सञ्चालन नभए सशक्त आन्दोलनमा जाने चेतावनी दिएको छ ।

मंसिर ८ गते लोसपाका नेता कार्यकर्ताले जनकपुरमा रेल सञ्चालनको मागसहित प्रदर्शन समेत गरेका थिए । उनीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारी, रेल्वे बोर्डलाई समेत ज्ञापनपत्र बुझाइसकेका छन् ।

लोसपाका नेता सन्जय चौधरीले जनकपुरको समग्र विकासलाई प्रभावित पार्ने उद्देश्यले रेल सञ्चालन गर्न सरकारले नै नचाहेको आरोप लगाए । पार्टी विभाजन गर्नका लागि अध्यादेश ल्याउन मिल्ने तर रेल सञ्चालनका लागि अध्यादेश ल्याउन किन नमिल्ने भन्ने उनको प्रश्न छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds