धनुषा–२ मा एमालेबाट उमाशंकर अरगरियाको उम्मेदवारी दर्ता

जनकपुरधाम । नेकपा एमालेका नेता उमाशंकर अरगरियाले धनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

विदेह नगरपालिकास्थित तिनकौरियामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका क्रममा उनका प्रस्तावक रामभजन दास र समर्थक रबिन्द्र अरगरिया रहेका छन् ।

बिज्ञापन

अरगरिया २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १५७ मतको अन्तरले पराजित भएका थिए । यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट निर्वाचित भएका थिए ।

पूर्व पर्यटनमन्त्रीसमेत रहेका अरगरिया यसपटक एमालेबाट पुनः प्रतिनिधिसभा प्रवेश गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन् ।