

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् ।
गतसाता युवा पुस्ता (जेन–जी) को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी हुन् ।
बिज्ञापन




नवगठित सरकारले पहिलो मन्त्रिपरिषद बैठकबाट जननिर्वाचित संसद भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।
