2020-10-26

Close

काठमाडौ २१ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् ।

आइतबार सरकारको सिफारिसमा उनले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, वजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट पेश गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर