

जनकपुरधाम । नेपाल प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिँहको सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा लामो समयसम्म कार्यरत रहेका डिएसपी सिँहको बुधबार प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो । डिएसपी सिँहको सरुवा जिल्ला प्रहरी कार्यालय डडेलधुरा भएको छ ।
बिज्ञापन




नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार ९० जना डिएसपीको सरुवा गरेको हो । सोही क्रममा धनुषाको नयाँ डिएसपीमा सत्यनारायण थापा आउने भएका छन् । काठमाडौं उपत्यका कनट्ररोल रूम समन्वय शाखा रानीपोखरीमा कार्यरत रहँदै आएका थापा धनुषा प्रहरीको प्रवक्ताको रुपमा जिम्मेवारी सम्हाल्ने भएको छ ।

लामो समय धनुषामा बसेका डिएसपी सिँहको विवादमा नपरेका डिएसपी हुन् ।