नेपाल प्रहरीका ६ जना एसपीको सरुवा : धनुषा प्रहरी प्रमुखमा कुँवर, रौतहटमा कार्की

जनकपुरधाम । नेपाल प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका दुई जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ ।

आईजीपी चन्द्र कुबेर खापुङले आज बिहीबार गरेको निर्णय अनुसार मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरलाई धनुषा प्रहरी प्रमुख र एसपी रविन कार्कीलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन् ।

बिज्ञापन

जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा खटाइएका एसपीद्वय कुवर र कार्की नेपाल प्रहरीमा काविल अधिकृतको रुपमा परिचित छन् ।

यसअघि रौतहट प्रहरी प्रमुख रहेका एसपी नेत्रमणी गिरी र धनुषा प्रहरी प्रमुख रहेका नरहरी रेग्मीलाई फिर्ता बोलाइएको छ । त्यस्तै गृह मन्त्रालयमा कार्यरत एसपी एसपी मुकुन्द रिजाललाई बागमती प्रदेश प्रहरी कार्यालय र एसपी बिश्वराज खड्कालाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।