नेपाल–भारत सीमा नाका बन्द

जनकपुरधाम । नेपालसंग सीमा जोडिएको भारतको बिहार राज्यमा पहिलो चरणको विधानसभा निर्वाचनलाई लिएर नेपाल भारत सीमा नाका बन्द गरिएको छ । विधानसभा निर्वाचनलाई लिएर नेपाल–भारत सीमा नाका अन्तर्गत जटही नाका आज बिहान ६ बजे देखि साँझ ६ बजेसम्मका लागि बन्द गरिएको हो ।

निर्वाचन चलिरहँदा नाकामा सुरक्षामा कडाई गर्न तथा निर्वाचनसम्बन्धी सम्भावित अवाञ्छित गतिविधि रोक्ने लक्ष्यले सीमा बन्द गरिएको भारतीय प्रशासनले जनाएको छ ।

बिज्ञापन

मतदान अवधिभर सीमा नजिकका संवेदनशील क्षेत्रहरूमा सशस्त्र र सुरक्षा कर्मी तैनाथ गरिएको हो । सडक तथा पैदल यात्रुका लागि बिहान ६ देखि साँझ ६ बजे सम्म नाका बन्द हुँदा स्थानीय व्यापारी, यात्रु र दैनिक आयआर्जनमा आश्रित व्यक्तिलाई असुविधा भोग्नु परेको छ ।