2024-04-19

Close

कार्तिक २५, जनकपुरधाम। जनकपुरमा भ्रष्टाचार विरुद्धको अभियानमा लागेका युवा अभियान्ताहरूद्वारा रामजानकी फुलवारी अतिक्रमण विषयलाई लिएर धनुषाका प्रमुख जिल्ला अधिकारीलाई आज (सोमवार) ज्ञापन पत्र बुझाएका छन् ।

आज (सोमबार) दिनको १२ बजे जिल्ला प्रशासन कार्यालय धनुषा पुगेको अभियान्ताहरुले प्रमुख जिल्ला अधिकारी प्रदीप कनेललाई भेटेर ज्ञापन सहित प्रतिवेदन बुझाएका ह्न् । जानकी मन्दिरको अतिक्रमित जग्गाबारे विशेष ध्यानाकर्षण गराइएको युवा अभियान्ता सुशील कर्णले जानकारी दिएको हो।

एकीकृत शहरी विकाष परियोजना (आइयुडीपी) अन्तर्गत जनकपुरमा सडक निर्माण गर्ने क्रममा सरोकार वालाद्वारा नै गम्भिर त्रुटिहरु भएको यस अघि नै सम्मानित उच्च अदालत समेतले यस विसयमा कारण देखाउ आदेश समेत फैशला गरी सकेको जनकपुर नागरिक समाजका मुरली मनोहर मिश्रले भने,आस्था केन्द्रमाथि प्रहार हुँदा हामी कसरी चुप लागेर बस्ने ?

मिश्रले भने, स्थानीय सरकार सही र मापदण्ड अनुसार काम गरेको छ भन्ने किन यस विषयमा सार्वजननिक रुपमा बैठक बोलाउदैन ?

जिल्ला प्रशासन कार्यालय पुगेका युवा अभियान्ताहरुमा नागरिक समाजका मुरली मनोहर मिश्र, युवा अभियंता शम्भु निर्दोषी, वडा ३ का वडा अध्यक्ष दीपेंद्र साह, युवा अभियंता सुशील कर्ण, राजपाका युवा नेता राकेश कुमार मिश्र, युवा नेता सुभाष चन्द्र साह, भ्रष्टचार विरुद्धको अभियानका संयोजक प्रभाष कुमार राई (जनक), राजपा नेपालका किशोर लाल कर्ण, जनता दलका नगर अध्यक्ष प्रदीप राज मुखिया, युवा अभियान्ता अरुण कुमार राउत, युवा अभिंयता मनीष कुमार सिंह, कैलाश कुमार राउत र मासका संयोजन समिति सदस्य सरोज कुमार मिश्र रहेका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds