2022-06-25

Close

अप्पन डेस्क,जनकपुरधाम : महिला, बालबालिका तथा जेष्ठ नागरिक मंत्री लीलानाथ श्रेष्ठलाई आज गृह जिल्ला सिरहामा भव्य स्वागत गरिएको छ ।

मन्त्री बनेपछि पहिलो पटक सिरहाको चोहर्वास्थित घर पुगेपछि श्रेष्ठलाई नेता तथा कार्यकर्ता भव्य स्वागत गरेका हुन् । उनी आज विहान काठमाण्डौंबाट फ्लाइटमा जनकपुर विमानस्थल आए । सिरहाका सयौं नेता, शुभेच्छुक तथा आफन्तजन उनलाई स्वागत गर्न विमानस्थल नै पुगेका थिए ।

सिरहा क्षेत्र नम्वर ३ बाट निर्वाचित श्रेष्ठ मंत्री भएपछि सो क्षेत्रका जनता खु:शी भएका छन् । श्रेष्ठ मन्त्री भएपछि सिरहाबासी अत्यन्त खु:शी भएको प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन नेपाल प्रदेश २ का सचिवालय सदस्य तथा सिरहा जिल्ला ईन्चार्ज इन्जिनियर रोशन यादवले बताए ।

मंत्री बनेकै दिन श्रेष्ठ जेष्ठ नागरिकको भत्ता ५ हजार पुर्याउने प्रतिबद्धता जनाइसकेका छन् । उनले सडक सञ्जाल बिस्तार, अस्पताल निर्माण, दलितका लागि सामुदायिक भवन तथा आवास कार्यक्रमलाई तीब्र रुपले अगाडि बढाउने बताएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर