
जनकपुरधाम । देशभर बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै चिसोबाट प्रभावित विदेह नगरपालिका वडा नं. १ र २ मा रहेका बिपन्न दलित, अपाङ्ग तथा जेष्ठ नागरिकहरूलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरले मण्डी (कम्बल) वितरण गरेको छ ।
यसै क्रममा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरमा आयोजित एक कार्यक्रम बीच वितरण गरेका हुन् ।




सशस्त्र प्रहरीले प्रत्येक वर्ष चिसोबाट प्रभावित स्थानीयहरुलाई मण्डि वितरण गर्ने कार्यक्रम अन्तर्गत विदेह नगरपालिका वडा नं.१ र २ मा रहेका बिपन्न दलित, अपाङ्गका १४४ नागरिकहरूलाई सो मण्डि बितरण गरिएको कुरा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरका गुल्मपति डिएसपी सुरेश कोइरालाले बताए ।

उक्त मण्डि वितरण कार्यक्रममा वडा नं. १ का वडा संजय पाण्डे, वडा नं. २ का वडा अध्यक्ष रामपुकार सहनी, प्रहरी चौकी ठाढिका असई सुरेश सिंह, वडा सदस्यहरु समाजसेवी लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो । नागरिक र सशस्त्र प्रहरीबीचकाे सम्बन्ध विस्तारलाई थप मजबुत पार्ने योजना अनुरुप अत्याधिक चिसो तथा शितलहरबाट प्रभावित तराई मधेस क्षेत्रको विपन्न वर्गहरुमा न्यानाे कार्यक्रम संचालन गरिएकाे गुल्मपति डिएसपी कोइरालाले जानकारी दिए ।
