2024-04-25

Close

जनकपुरधाम, कार्तिक ८ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेशका छोरीहरुलाई शिक्षित र सक्षम बनाउने अभियानमा लागि परेको बताउनु भएको छ ।
धनुषाको मिथिला विहारी नगरपालिकाको जगरुप साह रामपुकार साह मा बि परशुराम तलाउ र गंगा प्रसाद प्राविधिक मा वि ठेरामा आयोजित साइकल वितरण समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले समाजको आधा हिस्सा छोरीहरु शिक्षित र सक्षम नभए सम्म प्रदेश समृद्ध नहुने भएकाले प्रदेश सरकार यस अभियानमा अघि बढेको बताउनु भयो ।


उहाँले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरीहरुलाई शिक्षित र सक्षम बनाउन साइकल वितरण अभियान, छोरी शिक्षा विमा, सामुदायिक विद्यालयहरुमा छात्रा शौचालयको निर्माण अघि बढाएको उल्लेख गर्नु भयो ।


छोरीहरु शिक्षित र समक्ष भै सके पछि उनिहरुलाई रोजगारीमा समान अवसर दिन विभिन्न निकायहरुमा पचास प्रतिशत आरक्षणको व्यवस्था समेत गरेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले अवको १५ वर्ष पछि महिलाहरुले जिल्ला र प्रदेश चलाएर नमूना कायम गर्ने दावी समेत गर्नु भयो ।


प्राबिधिक शिक्षा बिना प्रदेश समृद्ध हुन न सक्ने उल्लेख गर्नु हुँदै उहाँले संविधानले प्रदत गरेको प्राविधिक र उच्च शिक्षा दिने प्रदेश सरकारको अधिकारलाई स्थापित गराउन प्रदेश सरकार छिट्टै प्राविधिक शिक्षा ऐन ल्याउन लागेको र त्यस पछि सामुदायिक विद्यालयहरुमा आवश्यकताको आधारमा प्राविधिक शिक्षाको अनुमति प्रदान गर्ने उल्लेख समेत गर्नु भयो ।


दुबै विद्यालयमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेश सभा सदस्य राम अशिष यादव, चमेली देवी दास, समाजवादीपार्टीका केन्द्रिय सदस्य महाजन यादव सहितको उपस्थिति रहेको थियो ।


छुट्टा छुट्टै आयोजित साइकल वितरण कार्यक्रममा जगरुप साह रामपुकार साह मा बि परशुराम तलाउमा कक्षा ८मा अध्ययनरत ६० र गंगा प्रसाद प्राविधिक मा वि ठेरामा कक्षा ८मा अध्ययनरत ७३ छात्रालाई साइकल हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds