2024-03-19

Close

जनकपुरधाम, १७ पुस । मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारतको सम्बन्धलाई युनिक बताउनुभएको छ ।
भारतका पर्यटन राज्यमन्त्री प्रह्लाद सिंह पटेललाई स्वागत गर्नुहुँदै मुख्यमन्त्री राउतले विश्वमा कुनै दुई देशबीच नरहेको सम्बन्ध नेपाल र भारतको रहेको बताउनुभयो ।
नेपालका अभिभावकले छोराछोरीको विहे गर्न भारतमा केटाकेटी खोज्न जाने गरेको र भारतका अभिभावकले नेपालमा खोज्न आउने गरेकोले दुवै देशबीचको सम्बन्ध युनिक रहेको मुख्यमन्त्री राउतले भन्नुभयो । यस्तो सम्बन्धले दुई देशको आत्मियतालाई उजागर गरेको उहाँले थप्नुभयो ।
मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्री पटेलको जनकपुरधाम आगमनले प्रदेश २ को पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम आगमनले पर्यटकको संख्या वृद्ध भएको बताउनुहुँदै मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्रीको आगमनले थप पर्यटक आउने बताउनुभयो ।
भारतीय पर्यटन राज्यमन्त्री पटेलले भारतले नेपालको विकास हेर्न चाहेको भन्दै पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रदेश सरकारले गरेको स्वागत, सत्कारको प्रशंसा गर्दै भारतीय पर्यटन राज्यमन्त्री पटेलले जनकपुरधाममा जानकी मन्दिरको दर्शन गर्नको लागि परिवारलाई बोलाएको बताउनुभयो ।
पोखरा, लुम्बिनी जाने विकल्प रहेपनि आपूmले भगवान रामको ससुराली जनकपुरधाम जाने इच्छा जाहेर गरेको उहाँले थप्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री राउतले भारतीय पर्यटन राज्यमन्त्री पटेललाई जानकी मन्दिरको तस्वीर र दोसल्ला ओढाएर स्वागत गर्नुभएको थियो । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, राज्यमन्त्री सुरेश मण्डल, प्रदेश २ का प्रमुख सचिव रामकृष्ण सुवेदीले समेत भारतीय राज्यमन्त्री पटेलको स्वागत गर्नुभएको थियो ।


यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले भारतीय पर्यटन राज्यमन्त्री पटेललाई जनकपुर विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
जनकपुर विमानस्थलबाट भारतीय पर्यटन राज्यमन्त्री पटेल सोभैm राम मन्दिर पुगेर दर्शन पुजा गर्नुभयो ।
परिवारसहित जनकपुर आउनुभएका भारतीय राज्यमन्त्री पटेल जानकी मन्दिरमा दर्शन पुजा गरेर होटल पुग्नुभएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds