प्रधानमन्त्री सुशीला कार्की भोलि जनकपुरधाम आउँदै

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्की चैत ६ गते भोलि जनकपुरधाम आउन लागेकी छन् । अन्तरिम सरकार सम्हाले यता प्रधानमन्त्री सुशीला कार्की पहिलो पटक जनकपुरधाम आउन लागेकी हुन् । उनी चैत ६ गते भोलि जनकपुरधाम आउन लागेको मधेशका गृह संचार तथा कानूनमन्त्री फकिरा महतोले पुष्टी गरे ।

गत फागुन २१ गते मुलुकमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपश्चात प्रधानमन्त्री कार्की विभिन्न मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । जनकपुरधाममा पनि उनले जानकी मन्दिर पुगेर पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।

बिज्ञापन

प्रधानमन्त्री कार्की जनकपुरधाम आउने भएपछि मधेशको गृह संचार तथा कानून मन्त्रालय, सुरक्षा निकायका पदाधिकारी उनको भ्रमणको तयारीमा लागेका छन् ।