2024-10-13

Close

जनकपुरधाम । धनुषामा सरकारी जागिर लगाई दिने प्रभोलन दिएर ठगी गर्ने एक युवक पक्राउ परेका छन् ।

सरकारी दस्तखत र छाप किर्ते गरी ठगेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनौजी गाउँपालिका १ का २५ वर्षीय शहादत राइन रहेका छन् ।

राइनले आफ्नै गाउँका ३ युवाबाट प्रति व्यक्ति दुई लाख रुपैयाँ लिएर जागिर लगाइदिने भन्दै सडक डिभिजन कार्यालयको लेटरप्याडसहित सरकारी दस्तखत र छाप किर्ते गरेका थिए । सोही आरोपमा राइनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

राइनले धनौजी गाउँपालिका १ का १९ वर्षीय बबुल पासवान, २० वर्षीय पारसकुमार पासवान र दिपेशकुमार पासवानलाई सडक डिभिजन कार्यालयको नक्कली लेटरप्याडमा आइटी सुपरभाइजर पदको नियुक्तिपत्र र सो पदसम्बन्धी उम्मेदवारको सम्झौतापत्र बनाएर दिएका थिए । उनलाई ती समाग्रीसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

आरोपित राइनलाई अनुसन्धानका लागि ठगी मुद्दा शीर्षकमा १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर