2024-04-26

Close

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका ६ तिनकौरिया चोकमा हुलाकी सडक अवरुद्ध गरेका व्यापारी र प्रहरीबीच झडप भएको छ ।

तिनकौरियामा रहेको एक पान पसलमा शनिबार मध्यराति आगजनी गरिए पनि नजिकै रहेको प्रहरीले थाहा नपाएको भन्दै व्यापारीहरूले प्रदर्शन गरेका हुन् ।

सडक सञ्चालन गरी छलफलमा बस्न प्रहरीले गरेको प्रस्ताव आन्दोलनकारीले मानेनन् । प्रहरीले बल प्रयोग गरेर सडक खुलाउन खोज्दा झडप भएको हो । भीड तितरवितर गर्न प्रहरीले आश्रुग्याँस प्रहार गरेको छ ।

सडक खुलाउने क्रममा आन्दोलनकारी र प्रहरीबीच सामान्य झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार प्रहरीले ८ राउण्ड आश्रुग्याँस प्रहार गरी स्थिति नियन्त्रणमा लिएको छ । अहिले सडक सञ्चालनमा आइसकेको छ ।

तिनकौरिया चोकमा रहेको स्थानीय सन्तोष कुमार मण्डलको सान्ता पान पसलमा शनिबार मध्यरातमा आगजनी गरिएको थियो । आगलगीबाट करिब २० लाखभन्दा बढीको क्षति भएको बताइएको छ ।

मण्डलको पसलमा दुश्मनीका कारण कसैले आगजनी गरेको तर ५० मिटरकै दूरीमा प्रहरी चौकी रहेपनि थाहा समेत नपाएको भन्दै प्रशासनको विरोधमा तिनकौरियाका व्यापारी र सर्वसाधारण सडक अवरुद्ध आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाले चोकमा सीसी क्यामेरा जडान गरे पनि बिग्रिएको र मर्मत नगराउँदा अपराध बढेको उनीहरूको गुनासो छ ।

प्रहरीले बल प्रयोग गरी सडक सञ्चालनमा ल्याएपछि नगरपालिका, आन्दोलित व्यापारी र सर्वसधारण तथा प्रहरीबीच छलफल भएको छ । छलफलका क्रममा नगरपालिकाले सीसी क्यामेरा मर्मत गराउने, घटनाको छानबिन गर्ने र स्थानीय प्रहरी दोषी देखिए कारबाही गर्ने सहमति बनेको प्रहरी प्रवक्ता डीएसपी बस्नेतले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds