2024-05-08

Close

साउन , २९ जनकपुरधाम । प्रदेश २ सरकारले आफ्नै प्रहरी गठन गर्ने तयारी थालेको छ। प्रतिनिधिसभाले आइतबार दुई विधेयक पारित गरेसँगै प्रदेश प्रहरी भर्ना गर्न सहज बनाइएको  हो।

प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अनि नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको छ। यसले संघ र प्रदेश प्रहरीको क्षेत्राधिकार तथा समायोजनको कार्यदिशा प्रस्ट पारे सँगै  विधेयक कानुन बन्न राष्ट्रियसभाले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण गर्न भने बाँकी रहेतापनि अब तीन महिनाभित्रै प्रदेश प्रहरी भर्ना गर्न सूचना आह्वान गरिने आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनाएका छन।

प्रतिनिधिसभाबाट पारित विधेयकमा प्रदेशले माग गरेअनुसार ९० प्रतिशत विषय पूरा भएका छन्। केही कुरामा फरक भए पनि समग्र रूपमा यी विधेयक प्रदेशको हितमा रहेको बताईएको छ।

प्रदेशसभाले लोकसेवासम्बन्धी विधेयक पनि पारित गरिसकेको छ। एक महिनाभित्रै प्रदेश लोकसेवा आयोग गठन गरी तीन महिनाभित्रै प्रदेश प्रहरी भर्ना प्रक्रिया अघि बढाइने उनले बताए। प्रदेश २ मा ३ हजार प्रहरीको आवश्यकता छ। यही आर्थिक वर्षमा १ हजार प्रहरी भर्ना गर्ने योजना रहेको जनाएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds