2024-04-18

Close

 

जनकपुरधाम, साउन ३२ गते । बयान लिने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट जबर्जस्ती करणीका अभियुक्त फरार भएपछि प्रहरी सहायक निरीक्षक निलम्बनमा परेका छन् ।

 

बिहीबार दिउँसो अपराध अनुसन्धान शाखामा प्रहरी सहायक निरीक्षक असई राज कुमार भण्डारीलाई निलम्बन गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका–८ बलुवा टोलमा डेरा लिई बस्दै गरेका सिरहाका २० वर्षीय राममणी यादव डेरा जनिकै बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

 

पक्राउ परेका यादव अनुसन्धानको क्रममा असई भण्डारीले बयान लिई रहेको बेला फरार भएका थिए । प्रहरीकै रोहबारमा ब्यानका दिइरहेकाबेला बाक्लो उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरीलाई चक्मा दिँदै अपराधी फरार भएपछि प्रहरीमाथि प्रश्न उठेको छ। तर, प्रहरीले जानीजानी नभगएको प्रहरी उपरिक्षक खनालले बताए ।

  प्रहरी हिरासतबाटै थुनुवा फरार

‘प्रहरीले व्यक्तिगत स्वार्थ पुरा गर्न उनलाई भगाएको होइन, लापरबाहीले भागेपछि असई भण्डारीलाई कार्वाही गरिएको छ,’ उनले भने । फरार यादवको खोजी कार्य तीव्र पारिएको उनले बताए। प्रहरी हिरासतबाटै थुनुवा यादव फरार भएको घटना छानविनका लागि प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानविन टोलीसमेत गठन गरी अनुसान्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जनाए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds